डिस्चार्ज भए प्रधानन्यायाधीश जबरा, पीसीआर रिपोर्ट नेगेटिभ आए/नआएको खुलाइएन

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा  पाचौ दिनको दिन आज डिस्चार्ज भएका छन् ।सशस्त्र प्रहरी अस्पताल, बलम्बुमा चार दिन उपचार गराएर उनी शुक्रबार बिहान साढे ९ बजे डिस्चार्ज भएको अस्पतालले जनाएको छ ।

कोभिड निमोनिया भएपछि उनी १३ मंसिरमा अस्पताल भर्ना भएका थिए । अस्पतालले विज्ञप्ति जारी गर्दै जबराले ‘स्वास्थ्य लाभ गरेको’ भनेको छ ।

तर जबराको पिसीआर रिपोर्ट नेगेटिभ आएरनआएको खुलाइएको छैन ।

जबरा अस्वस्थ भएर अनुपस्थित रहँदा सर्वोच्च अन्योलमा परेको थियो भने उनले बिदा नि नलिदाँ र कार्यवाहक नतोक्दा विवाद भएको थियो ।

  • १७ मंसिर २०७८, शुक्रबार १२:४८ प्रकाशित