राष्ट्रपति पौडेल तनहुँ भिमाद आउँदै

केन्द्रभाग मिडिया

तनहुँ ।

राष्ट्रपति रामचन्द्र पौडेल आज तनहुँको भिमाद आउने भएका छन् ।

भिमाद नगरपालिका–६ स्थित जनज्योती क्याम्पसको १६ औं वार्षिकोत्सव, पाँचौ अधिवेशन एवं क्याम्पसको नवनिर्मित भवन उदघाटनका लागि राष्ट्रपति पौडेल भिमाद आउने भएका हुन् ।

राष्ट्रपति पौडेल नेपाली सेनाको हेलिकप्टरबाट भिमाद आउने छन् । बिहान ११ बजे जनज्योती क्याम्पस परिसरमा कार्यक्रम सुरु गर्ने गरी तयारी गरिएको क्याम्पस प्रमुख केशवराज काफ्लेले बताए ।

राष्ट्रपति पौडेल यसअघि गत चैत १७ गते देवघाट आएका थिए ।

  • २३ चैत्र २०८०, शुक्रबार ०९:२९ प्रकाशित