नेपाली कांग्रेस कोशी प्रदेशले इलाम क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारका आकांक्षीहरूको नाम केन्द्रीय कार्यालयमा पठाएको छ।
प्रदेश सभापति उद्धव थापाले क्षेत्र, जिल्ला हुँदै प्रदेशमा सिफारिस भएका ७ जनाको नाम केन्द्रमा पठाइएको बताएका छन्।५ जना पुरूष र २ जना महिलाको नाम कोशीले केन्द्रीय कार्यालय सानेपा पठाएको हो।
‘भेषराज आचार्य, डम्बरबहादुर खड्का, केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र शान्तिकला तामाङको नाम सिफारिस भएको थापाले बताएको छ । सभापति थापाले भने, ‘यी नामहरूमाथि केन्द्रमा छलफल भएर छिट्टै उम्मेदवार तय हुन्छ।’
उनकाअनुसार चैत १० गते बेलुकी केन्द्रीय कार्यालयमा आकांक्षीका नाम पठाइएको हो।













