२३ सदस्यीय बन्यो मन्त्रिपरिषद्, राज्यमन्त्रीमा दीपक कार्की नियुक्त

केन्द्रभाग मिडिया

काठमाडौँ ।

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् २३ सदस्यीय बनेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार प्रतिनिधिसभा सदस्य दीपक कार्कीलाई राज्यमन्त्री नियुक्त गरेका छन् ।

यससँगै मन्त्रिपरिषद् २२ सदस्यीय बनेको हो । उनलाई प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राज्यमन्त्री नियुक्त गरी वन तथा वातावरण मन्त्रालयमा राज्यमन्त्रीको कार्यभार तोकिएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् । उनी जसपाबाट राज्यमन्त्री बनेका हुन् भने वन मन्त्रालयमा सोही पार्टीबाट नवलकिशोर साह सुडी मन्त्री रहेका छन् ।

नयाँ गठबन्धन बनेपछि प्रधानमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद् पुर्नगठन भएको थियो । जसअनुसार एमाले, माओवादी, रास्वपा, जसपा र एकीकृत समाजवादी सरकारमा सहभागी छन् ।

  • १२ चैत्र २०८०, सोमबार १५:२३ प्रकाशित