ग्लोबल आइएमई बैंकले गर्यो पोखराको इन्फोम्याक्स कलेजमा वित्तीय साक्षरता

केन्द्रभाग मिडिया

 

पोखरा ।

ग्लोबल आइएई बैंक लिमिटेड सभागृह शाखाले ग्लोवल मनी विकको अवसरमा पोखराको इन्फोम्याक्स कलेजमा डिजिटल बैंकिङ सम्बन्धि वित्तीय साक्षारता कार्यक्रम गरेको छ ।

कार्यक्रममा डिजिटल बैंकिङमा देखिन सक्ने जोखिम र फाइदाका बारेमा विद्यार्थीहरुलाई जानकारी दिएको शाखा प्रवन्धक भुवन वाग्ले बताए । उनले बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय साक्षरता दिएको बताए । बाहिर रहेका विभिन्न लक्षित वर्गहरु ग्लोबल आइएमई बैंक देशका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १ हजार १ सय भन्दा बढि सेवा केन्द्र रहेका छन् ।

ग्लोबल आइएमई बैंकलाई सबैका लागि बैंक बनाउँदै बैंकले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लावान्भित गरिरहेको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।

  • ९ चैत्र २०८०, शुक्रबार १८:०१ प्रकाशित