बेइजिङ ।
उत्तरी चीनमा द्रुतसेवाको सुरुङ मार्गभित्र बस दुर्घटना भएको छ । सो दुर्घटनामा १४ जनाको ज्यान गएको छ भने ३७ जना घाइते भएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।
अधिकारीका अनुसार ५१ जना यात्रु बोकेको बस सुरुङको भित्री पर्खालमा ठोक्किँदा दुर्घटना भएको हो ।
चिनियाँ समाचार संस्था सिन्ह्वाले जीवित व्यक्तिहरूको अवस्थाको गम्भीरताको बारेमा विवरण प्रदान नगरी छुट्टै रिपोर्टमा मारिएका र घाइतेहरूको सङ्ख्या पुष्टि गरेको छ । घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ ।