पोखरा ।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बुधबार डलर एकको खरिददर १३२ रुपैयाँ ५६ पैसा र बिक्रीदर १३३ रुपैयाँ १६ पैसा रहेको छ ।
आज युरोको भाउ घटेको छ । आज युरो एकको खरिददर १४३ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ४३ पैसा रहेको छ । हिजो युरो एकको खरिददर १४४ रुपैयाँ ३३ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९८ पैसा थियो । आज पाउण्ड एकको खरिददर १६८ रुपैयाँ २२ र बिक्रीदर १६८ रुपैयाँ ९८ पैसा रहेको छ ।
यस्तै १० जापानी येनको खरिददर ८ रुपैयाँ ८१ पैसा र बिक्रीदर ८ रुपैयाँ ८५ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ४१ पैसा र बिक्रीदर १८ रुपैयाँ ५० पैसा छ ।
साउदी रियालको खरिददर ३५ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५१ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३५ पैसा र बिक्री दर ३५ रुपैयाँ ५१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ०१ पैसा र बिक्रीदर २८ रुपैयाँ १३ पैसा रहेको छ ।














