रोल्पा हिँडेका महरालाई प्रहरीले रुपन्देहीमा रोक्यो

केन्द्रभाग मिडिया

काठमाडौँ ।

पूर्व सभामुख कृष्णबहादुर महरालाई प्रहरीले रुपन्देहीमा रोकेको छ । रोल्पा हिँडेका महरालाई प्रहरी निगरानीमा पठाउन लागिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एकजना अधिकृतले बताए ।

आइतबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका महरासहित निजामती तथा प्रहरी कर्मचारीलाई तत्काल कारबाही गर्न निर्देशन दिएका थिए।

गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागका प्रमुख श्याम ज्ञवालीलाई सुन तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न आग्रह गर्दै सो निर्देशन दिएका हुन् ।

अहिले महरा रुपन्देहीमा रोकिएका छन् । सुन तस्करी प्रकरणमा आयोगले मुद्दा चलाउन सिफारिस गरेपछि महरा प्रहरीको निगरानीमा छन् ।

भेप प्रकरणमा महरालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गर्नुपर्ने सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको निष्कर्ष छ । महराका छोरा राहुल सो मुद्दामा अहिले पनि थुनामा छन् ।

  • ५ चैत्र २०८०, सोमबार १०:४० प्रकाशित