विवादका बीच नेसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक आज बस्दै

केन्द्रभाग मिडिया

काठमाडौं ।
पार्टीमा आन्तरिक विवाद चर्किएर एउटा समूहले नेकपा माओवादी केन्द्रसंग पार्टी एकता घोषणा गरिरहेको बेला नेपाल समाजवादी पार्टी (नेसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्ने भएको छ । बैठक मध्याह्न १२ बजे केन्द्रीय कार्यालय तीनकुनेमा बस्नेछ ।

अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टीमा परामर्श नगरी बैठक बोलाएको भन्दै अर्का अध्यक्ष महिन्द्र राय यादव समूहले यो बैठक बहिस्कार गर्ने भएको छ । सो समूहले शनिबार नै माओवादी केन्द्रसँग एकता गर्ने सहमति गरिसकेको छ ।

यो समूहले सिंगो नेपाल समाजवादी पार्टी नै माओवादी केन्द्रसँग एकता गर्न लागेको बताए पनि पूर्व प्रधानमन्त्रीसमेत रहेका डा. भट्टराई एकताको विपक्षमा देखिएका छन् । उक्त पार्टीका दुबै पक्षले आफ्रनो पक्षमा बहुमत रहेको दाबी गरेका छन् ।

  • ४ चैत्र २०८०, आईतवार ०८:३९ प्रकाशित