काठमाडौँ ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले देशका कुनैपनि भागमा अपराध गरेको पाईए आफ्नो आदेश नकुरी कारबाही चलाउन प्रहरीलाई अपिल गरेका छन् ।लामिछानेले मंगरबार फेसबुक स्टाटस लेख्दै यस्तो अपिल गरेका हुन्।
‘देशको कुनै पनि भागमा कुनैपनि ब्यक्ति वा समुहले गैरकानुनी काम गरेको छ, गैरकानुनी धन्दा चलाएको छ, कर छली गरेको छ, गुण्डागर्दी, धाक धम्की, तस्करी लगायतका अपराध गरेको छ भने त्यसलाई कारवाही गर्न मेरो वा कसैको आदेश कुर्नु पर्दैन।ऐन पल्टाउनुस् र देखाइदिनुस् कानुनी राज्य भनेको के हो। तपाईंले मलाई होइन मैले तपाईलाई सलाम गर्ने गरि काम गर्नुहोस् । मेरो शुभकामना छ। जय नेपाल (पार्टी वाला होइन, देश वाला’ )लामिछानेको अपिलमा छ ।













