काठमाडौँ ।
नेकपा एकीकृत समाजवादीले राष्ट्रिय सभा उपाध्यक्षमा दाबी गरेको छ । समाजवादीले गठबन्धनमा सहकार्य बलियो बनाउन आफूहरुले राष्ट्रिय सभामा उपाध्यक्ष पाउनुपर्ने दाबी गरेका हुन् ।
एकीकृत समाजवादी उपमहासचिव प्रकाश ज्वालाले राष्ट्रिय सभा उपाध्यक्ष दाबी गरेको र अरु चार दल सकारात्मक भएको बताए । ‘राष्ट्रिय सभा उपाध्यक्ष हाम्रो पार्टीले पाउनु पर्छ भनेका छौं । गठबन्धमा रहेका पाँच दल सकारात्मक छन्,’ उनले भने, ‘सहमतिका लागि मंगलबार पाँच दलको विज्ञप्तिमा उपाध्यक्षबारे उल्लेख छैन ।’
उनले राष्ट्रपतिबाट मनोनीत राष्ट्रिय सभा एक सदस्यमा पनि आफ्नो पार्टीको दाबी रहेको बताए ।एकीकृत समाजवादी सरकारमा आउनुअघि एमालेले उपाध्यक्ष लिने सहमति भएको थियो ।













