प्रधानमन्त्रीलाई विश्वासको मत दिन सांसदलाई रास्वपाको ह्वीप

केन्द्रभाग मिडिया

File photo

काठमाडौँ ।

सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ ।

मंगलबार बिहान बसेको रास्वपाको संसदीय दलको बैठकले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो ।

रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले सबै सांसदलाई अनिवार्य उपस्थिति भएर मत दिन ह्विप जारी गरेको बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागुन ३० गते तेस्रो पटक विश्वासको मत लिँदै छन् ।

फागुन २१ मा प्रधानमन्त्री प्रचण्डले नयाँ सत्ता समीकरण बनाएपछि रास्वपा उपप्रधासहित चार मन्त्रालय लिएर सरकारमा सहभागी भएको छ ।

  • २९ फाल्गुन २०८०, मंगलवार १०:२४ प्रकाशित