राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

केन्द्रभाग मिडिया

काठमाडौँ ।

राष्ट्रियसभा बैठक बस्दै छ । आज दिउँसो १ बजेर ९ मिनेट जाँदा बैठक बस्ने संसद् सचिवालयले जनाएको छ ।

आजको बैठकमा अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको नाम मनोनयन गर्नेछन् । राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचनको लागि दिन तोक्ने कार्यसूची रहेको संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।

  • २७ फाल्गुन २०८०, आईतवार ०८:५० प्रकाशित