काठमाडौं ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक अराजकता बढाएको आरोप लगाएका छन् । जनमोर्चा कांग्रेस नेतृत्वको गठबन्धनको सुरुआतदेखि नै सहयात्री हो ।
उनले प्रतिगमतनको खतरा अहिले पनि खतरा हुँदा पनि प्रचण्डले सत्ता र शक्तिको लागि एमालेसँग काँध मिलाएको आरोप लगाए ।
उनले भनेका छन्, प्रचण्डले सत्ता समीकरण फेर्नु राजनीतिक अराजकता हो । प्रतिगमनको खतरा त अहिले पनि छ नि । ओलीकै कारणले राप्रपाले अहिले १४ सीट ल्याएको हो नि। ०७४ सालमा त एउटा मात्रै सीट थियो। अहिले पनि प्रतिगमन हावी हुँदैछ ।
अहिले व्यवस्था र संविधानमाथि प्रश्न उठिरहेको बताउँदै अहिले पनि गठबन्धनको आवश्यकता भएको जिकिर गरे ।













