माओवादी भन्छ, ‘उथलपुथल सक्नेले गर्ने हो’

केन्द्रभाग मिडिया

काठमाडौँ ।
नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अभिव्यक्त गरेको उथलपुथल शब्दलाई लिएर आतंकित हुन आवश्यक नरहेको बताएका छन् ।
बिहीबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले गिरिजाप्रसाद कोइरालाले दिएको जिम्मेवारी आजका दिनमा प्रधानमन्त्री प्रचण्डले प्रयोग गरिरहेको बताए । उनले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन धेरै अघि बढिसकेको कुरामा नेपाली कांग्रेसले पुनः माओवादी हत्या हिंसाको चपेटामा परी आम नागरिकसँगै सुरक्षा निकायका हजारौँ व्यक्ति र सशस्त्र द्वन्द्वका पक्ष नै नरहेका तर बिना कारण जनधन गुमाउनु परेका हिंसात्मक द्वन्द्वबाट पीडित भनेर दस्ताबेजमा छलफल गर्नु उपयुक्त नभएको ठहर माओवादीको रहेको बताए ।
सांसद पौडेलले उथलपुथल सक्नेले गर्ने जवाफ कांग्रेसलाई जवाफ दिए । कांग्रेसले प्रतिनिधि सभाको बैठकमा बोल्ने क्रममा प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीले उथलपुथल शब्द प्रयोग गरेकोप्रति आपत्ति जनाएका थिए । केही दिनअघि प्रधानमन्त्री प्रचण्डले एक सार्वजनिक कार्यक्रममा आफू बाचुन्जेल उथलपुथल भइरहने अभिव्यक्ति दिएका थिए । सशस्त्र जनयुद्ध आवश्यकता भएकाले गरेको पनि बताए ।
  • २४ फाल्गुन २०८०, बिहीबार १७:०६ प्रकाशित