गृहसहित ६ वटा मन्त्रालयमा माओवादीको दाबी

केन्द्रभाग मिडिया

File photo

काठमाडौँ ।

नयाँ गठबन्धनमा नेकपा माओवादी केन्द्रले ६ वटा मन्त्रालयमा दाबी गर्ने भएको छ । त्यस्तै, ६ वटा मन्त्रालयमा गृह मन्त्रालय नछाड्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि पार्टीभित्रै दबाब परेको एक नेताले बताएका हुन् ।

सुशासनको पक्षमा काम गर्न माओवादीले गृह छाड्न नहुने नेताहरूले सुझाव दिएका थिए । तथापि गृहमा रास्वपाले दाबी छोडेको छैन । यता अर्थ मन्त्रालय लिएर गृहमन्त्री छाड्न एमाले तयार भएको ती नेताले बताए ।

यस्तै सरकारको नेतृत्व गरेको दल भएकाले सञ्चार मन्त्रालय आफूले पाउनुपर्ने दाबी गरेको छ । त्यस्तै ऊर्जा मन्त्रालयमा पनि माओवादीको दाबी यथावत् रहेको छ । हामीले ६ वटा मन्त्रालयमा दाबी गरेका छौँ । तर कसले कति पाउने भन्ने निश्चित भइसकेको छैन । कुनै हालतमा गृह नछाड्न नेतृत्वलाई दबाब दिएका छौँ । यसमा रविजीले मानिरहनु भएको छैन । गृह हामीले पाउने भए अर्थ एमालेले लिनेछ । यसबाहेक सञ्चार, ऊर्जामा पनि दाबी यथावत् छ । अन्तिम समयसम्म सरकारमा जाने पार्टी कति हुन्छन्, त्यसमा पनि भरपर्छ’, ती नेताले भने । गृह पाएमा वर्षमान पुन र नारायणकाजी श्रेष्ठ मध्ये को जाने भन्नेमा हानथाप रहेको छ ।

सरकारमा जाने विषयमा पुरानालाई दोहोर्‍याउन नहुने पक्षमा नेताहरूले बढी जोड दिएका छन् ।

  • २३ फाल्गुन २०८०, बुधबार १४:०८ प्रकाशित