माधव नेपाल भेट्न कोटेश्वर जाँदै देउवा

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्ने भएका छन् । सभापति देउवा साढे नौ बजेपछि कोटेश्वर आउने नेता नेपालको निजी सचिवालयले जनाएको छ ।

राजनीतिक समीकरण बदलिएका बेला सभापति देउवा र नेता नेपालको भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ । सोमबार बेलुका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष नेपाललाई निवासमै पुगेर भेटेका थिए ।

केही दिनदेखि रुघाखोकीले घरमै आराम गरिरहेका नेपालको आज जन्मदिन समेत हो ।

  • २३ फाल्गुन २०८०, बुधबार ०९:५० प्रकाशित