तीन मन्त्रीले लिए सपथ

केन्द्रभाग मिडिया

पोखरा ।

पुरानो सत्ता गठबन्धन भत्किएर नयाँ बनेसंगै नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका तीन सांसदले मन्त्री पदको शपथ लिएका हुन् ।

सोमबार साँझ एमालेबाट पदम गिरी, माओवादीबाट हितबहादुर तामाङ र रास्वपाबाट डोरप्रसाद अर्यालले मन्त्री पदको शपथ लिएका हुन् ।

उनीहरूलाई शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराएका हुन् । तीनैजना दोस्रो पटक मन्त्री पदमा पुगेका हुन् । माओवादीका हितबहादुर यसअघि खेलकुद मन्त्री भएका थिए ।

एमालेका पदम गिरी २०७९ पुसदेखि केबल ३२ दिन स्वास्थ्यमन्त्री भएका थिए । रास्वपाका अर्याल पनि त्यही बेला श्रममन्त्री बनेका थिए ।

  • २१ फाल्गुन २०८०, सोमबार १८:२५ प्रकाशित