राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

केन्द्रभाग मिडिया

File photo

काठमाडौँ ।

सङ्घीय सांसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दै छ । बैठक आज बिहान ११ बजे बस्न लागेको हो ।

बैठकमा विधायन व्यवस्थापन समिति सभापति जयन्तीदेवी राईले स्थानीय तहको कानुन निर्माण प्रक्रिया एवं अभ्यास सम्बन्धमा स्थलगत अध्ययन, अनुगमन एवं अन्तरक्रिया कार्यक्रमको प्रतिवेदन, २०८० सभा समक्ष पेस गर्नेछिन् ।

आगामी आर्थिक वर्ष २०८१०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा सभामा छलफल प्रारम्भ हुनेछ ।

  • १७ फाल्गुन २०८०, बिहीबार ०९:२३ प्रकाशित