माओवादी स्थायी समिति बैठक सुरु

केन्द्रभाग मिडिया

काठमाडौँ ।

सत्तारुढ दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकमा कार्यविभाजन र आगामी जागरण अभियानबारे छलफल प्रारम्भ भएको छ ।

बैठकमा समसामयिक राजनीतिक विषयमा र विधान अधिवेशनले लिएका निर्णयअनुसार वैज्ञानिक, वस्तुवादी र प्रभावकारी ढङ्गले कार्य सम्पादन हुने गरी नेताहरूको कार्य विभाजन गर्ने विषयमा पनि छलफल हुने बताइएको छ ।

नेताहरूको कामको मूल्याङ्कनका आधारमा कार्य विभाजन गर्ने तयारी भएको पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

  • १५ फाल्गुन २०८०, मंगलवार १०:११ प्रकाशित