काठमाडौं ।
नेपाली कांग्रेसको महासमिति बैठकमा आज विभिन्न प्रस्तावहरुमा सामूहिक छलफल सुरु भएको छ ।
महासमिति बैठकको प्रचार प्रसार उपसमिति संयोजक मीन विश्वकर्माले महासमिति बैठकमा आजदेखि विभिन्न समूहमा रहेर नीति, सांगठनिक, समसामयिक, अर्थ र लेखासम्बन्धी प्रस्तावहरुमाथि छलफल सुरु भएको जानकारी दिए ।
आज बिहान ९ बजेदेखि सुरु भएको बन्दसत्रमा उपसभापति पूर्णबहादुर खड्काको नीति प्रतिवेदन, महामन्त्री गगन कुमार थापाको सांगठनिक प्रतिवेदन, अर्का महामन्त्री विश्वप्रकाश शर्माको समसामयिक प्रतिवेदनमाथि छलफल सुरु भएको छ ।
बैठकमा अर्थमन्त्री समेत रहेका डा. प्रकाशशरण महतको अर्थतन्त्रको वर्तमान अवस्था र चुनौतीबारे र श्याम घिमिरेको लेखा सम्बन्धी प्रतिवेदन पनि पेश हुनेछन् ।













