काठमाडौँ ।
चार दलीय समाजवादी मोर्चाका संयोजक एवं नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले बृहत् समाजवादी मोर्चाका लागि एमालेसँग पनि सहकार्य गर्नुपर्ने स्थिति आउन सक्ने बताएका छन् ।
आइतबार बसेको मोर्चाको बैठकले आलोपालो प्रणाली अनुसार विप्लवलाई संयोजक बनाएको थियो । मोर्चालाई थप गतिशील र शक्तिशाली बनाउन समान विचार भएका वामपन्थी दलहरूसँग छलफल भइरहेको उनले जानकारी दिए ।













