झण्डा पार्क उद्घाटनसंगै पोखरामा थपियो एउटा महत्वपूर्ण पर्यटकीय गन्तव्य

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरामा एउटा महत्वपूर्ण पर्यटकीय गन्तव्य थप भएको छ । पोखरा महानगरको वडा नम्बर ९ मा निर्माण भएको अन्तर्राष्ट्रिय झण्डापार्क महानगरलाई हस्तान्तरण भएर खुला भएसंगै महत्वपूर्ण पर्यटकीय गन्तव्य थप भएको हो ।

लयान्स क्लव अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ आइ,जे,के,एल र एमलेको सहयोगमा उक्त पार्क निर्माण भएको हो । निर्माण भएको पार्कको उद्घाटन सोमबार बिहान पोखरा महानगरका प्रमुख धनराज आचार्य र लायन्स क्लव अन्तर्राष्ट्रियका निर्देशक बालकृष्ण बुर्लाकोटीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

उद्घाटनसंगै पार्कको सम्पूर्ण स्वामित्व पोखरा महानगरलाई हस्तान्तरण भएको छ । अन्तर्राष्टि«य झण्डा पार्क उद्घाटन तथा हस्तान्तरण समारोहका बीच लायन्स क्लव अन्तर्राष्ट्रियका निर्देशक बुर्लाकोटीले महानगर प्रमुख आचार्यलाई उक्त झण्डापार्कका साँचो हस्तान्तरण गरेका हुन् । अन्तर्राष्ट्रिय झण्डापार्क निर्माणमा लायन्स क्लवहरुले झण्डै ७० लाख रुपैयाँ खचिएका जनाइएको छ ।

कार्यक्रममा बोल्दै पोखरा महानगरका प्रमुख धनराज आचार्यले पोखराको विकासका लागि सहकार्य गर्न सबै संघसंस्थालाई आह्वान गरे । सरकार महानगर एक्लैको प्रयासले मात्र विकास सम्भव नभएको भन्दै झण्डा पार्क निर्माणमा लायन्स क्लव अन्तर्राष्ट्रियले सहयोग गरेजस्तै यहाँको पर्यटकीय एवं पूर्वाधार विकासमा समेत हातमालो गर्न उनले विकाशका लागि सहकार्यका लागि आह्वान गरेका हुन् ।

मेयर आचार्यले झण्डा पार्कसंगै व्यवस्थित पार्क, सौचालय, फल्चा, मड्का चिया सप, पत्रपत्रिका एवं डिजिटल डिसेप्ले लगायतका संरचना संगैरहने जानकारी दिए । उनले सहकार्यका लागि लयान्स क्लव अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ आइ, जे, के, एल र एम प्रति आभार प्रकट गरे ।

झण्डा पार्कले विश्वबाट आउने पर्यटक र आन्तरिक पर्यटकलाई पनि आकर्षित गर्ने मेयर आचार्यले अथ्र्याए । जोकोहीलाई पनि आफ्नो राष्ट्र र राष्ट्रियता प्यारो हुने भन्दै जोसुकैले पनि झण्डापार्कको अपनत्व महसुस गरेर आफ्नो राष्ट्रको स्मरण गर्ने उनको भनाई छ ।

अन्तराष्टिय निर्देशक बालकृष्ण बुर्लाकोटीले पोखराआफैमा सुन्दर सहर रहेको र झण्डा पार्कले अर्को सुन्दरता थपेको बताए । झण्डा पार्क हस्तान्तरण गर्दा संयुक्त राष्ट्रसंघको र लायन्स क्लवका संस्थापकको समेत सम्मान भएको उनले धारणा राखे ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत स्यामकृष्ण थापाले झण्डा पार्क विश्वकै नयाँ प्रयोग भएको बताए ।  विश्वका सबै राष्ट्रको सार्बभौमलाई झण्डाले सम्मान गरेको उनको धारणा छ । झण्डा पार्कले विश्वाका जोसुकै मानिसका लागि यहाँ आउँदा देशप्रति सम्मानभाव प्रकट गराउने उनले उल्लेख गरे ।

पोखरा–९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानीले राम्रो झण्डापार्क बनाएर महानगरलाई हस्तान्तरण गरेकामा अन्तर्राष्ट्रिय लायन्स क्लवहरु प्रति आभार प्रकट गरे । वडामा बनेको यो संरचना महानगरको गौरवपूर्ण सम्पत्ति बनेको उनले बताए ।

कार्यक्रमा महानगरमा दलका नेता दिवशमान प्रधानंग लगाएतले आआफ्नो धारणा राखेका थिए ।

  • ७ फाल्गुन २०८०, सोमबार १०:४४ प्रकाशित