मौसम पूर्वानुमान : दुईवटा प्रदेशमा आज वर्षा र हिमपातको सम्भावना

केन्द्रभाग मिडिया

पोखरा ।

नेपालको पूर्वी भू-भागमा ब़ंगलादेशको आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागहरुमा आंशिक देखी सामान्य बदली रही अन्य पहाडी भू-भागहरुमा आंशिक बदली रहेको छ। तराईका भू-भागमा तुँवालो लागेको छ ।

दिउँसो प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू-भागहरुमा आँशिक देखी सामान्य बदली र अन्य पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक/दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना  छ ।

राति देशका पहाडी भू-भागहरुमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने प्रदेश १, बागमती प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागहरुका एक/दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना छ ।

  • ११ मंसिर २०७८, शनिबार ०७:४९ प्रकाशित