इजरायलले लेबनानमा गरेको पछिल्लो आक्रमणमा सात जना नागरिकको ज्यान गएको छ । इजरायलले हिजबुल्लाहमाथिको आक्रमणलाई तीव्र बनाउने क्रममा लेबनानमाथि आक्रमण बढाएको हो ।
हिजबुल्लाहको रकेट फायरले इजरायलमा एक सैनिकको ज्यान गएपछि इजरायल हिजबुल्लाहप्रति आक्रामक बन्दै गएको बीबीसीको खबरमा उल्लेख छ ।
उत्तरी इजरायलमा भएको घातक रकेट आक्रमणको जवाफमा हिजबुल्लाहको पूर्वाधारमा आक्रमण गरेको इजरायलले जनाएको छ । गाजामा इजरायल र प्यालेस्टाइनी समूह हमासबीच अक्टोबरमा युद्ध शुरु भएदेखि हिज्बुल्लाह लडाकुले पनि इजरायलको सीमा क्षेत्रमा इजरायली सेनामाथि आक्रमण गर्दै आएको खबरमा उल्लेख छ ।