कालीगण्डकी नदीमा आज ड्राउ रिभर रेस र स्लालम हुने

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेशलाई सहासिक खेलकुदको गन्तब्य बनाउने उद्धेश्यका साथ पहिलो पटक पर्वत र बागलुङको संगम मालढुङ्गास्थित काली गण्डकीमा नेशनल र्‍याफटिङ च्याम्पियनसिप प्रतियोगिता तेस्रो दिन पनि जारी रहेका छन् ।

प्रतियोगिता अन्तर्गत आज (मंगलबार)ड्राउ रिभर रेस र र्‍याफटिङतर्फको स्लालम हुने छ ।आज सम्पन्न हुने प्रतियोगितामा बिजेता खेलाडीहरुलाई नगद सहित मेडल तथा प्रमाणपत्र वितरण गरिने परिषदका लेखा प्रमुख निलकण्ठ ढकालले जानकारी दिए ।

प्रतियोगिताको दोश्रो दिन हिजो मेन्स स्प्रिन्ट टिम इभेन्ट र मेन्स स्प्रिन्ट हेड टु हेड गरी दुई वटा इभेन्ट सम्पन्न भएको परिषदका सदस्य एवं सहासिक खेलकुदका संयोजक बसन्तराज दवाडीले जानकारी दिए ।

प्रतियोगितामा मेन्स स्प्रिन्ट टिम इभेन्टमा प्याडल नेपाल ‘ए’ टिमले जित हासिल गरेको छ भने गण्डकी प्रदेश टिम दोश्रो भएको छ । त्यसै गरी सोही इभेन्टमा भोटे कोशी ‘बी’ समुह तेश्रो भएको छ ।

मेन्स स्प्रिन्ट हेड टु हेड प्रतियोगितामा प्याडल नेपाल ‘ए’ टिमले नै जित हासिल गरेको छ । त्यसै गरी भोटेकोशी ‘बी’ले दोश्रो स्थान हासिल गर्दा प्याडल नेपाल ‘बी’ ले तेश्रो स्थान प्राप्त गरेको प्रतियोगिता प्राविधिक समितिका संयोजक एवं नेपाल र्‍याफटिङ संघका मुख्य प्रशिक्षक नीम बहादुर थापा मगरले बताए ।

प्रतियोगितामा पहिलो, दोश्रो र तेश्रो हुने टिमहरुले नगद, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगितामा पहिलो, दोश्रो र तेश्रो हुने टिमहरुलाई नगद रु १५ हजार, १० हजार र ५ हजार प्राप्त गर्ने परिषदका कार्यालय प्रमुख तोपलाल भुसालले जानकारी दिए ।

र्‍याफटिङतर्फ १२ टिम र कायाक स्लालम कानुको प्रतिस्पर्धामा ५० भन्दा बढि खेलाडीको सहभागिता रहेको प्राविधिक संयोजक मगरले बताए ।

  • १ फाल्गुन २०८०, मंगलवार ०९:३९ प्रकाशित