हेलम्बुमा जिप दुर्घटना : दुई भुटानी नागरिकको ज्यान गयो, पाँच घाइते

केन्द्रभाग मिडिया

सिन्धुपाल्चोक ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको १ स्थित झिचेन मिलारेपा जाँदै गरेको जिप दोरिङ भीरबाट खस्दा दुई भुटानी पर्यटकको घटनास्थलमै ज्यान गएको छ भने पाँच जना गम्भीर घाइते भएका छन् ।

इलाका प्रहरी हेलम्बुका अनुसार मिलारेपा गुफा हिँडेको बा २ च ४४५० नम्बरको जिपमा एक नेपाली चालक र अन्य भुटानी नागरिक सवार थिए ।

ज्यान गुमाउनेमा ७१ वर्षीया वान मो र ३३ वर्षका टग्प गेङ रहेको इलाका प्रहरी कार्यालय हेलम्बुका प्रहरी निरीक्षक मनोजकुमार श्रेष्ठले बताए । ‘दुई जना भुटानी नागरिक दुर्घटनास्थलमा मृत फेला परेका छन् भने अन्य घाइतेलाई उपचारर्थ उद्धार गरेर तत्कालै प्राथामिक स्वास्थ्य केन्द्र हेलम्बु पठाइएको छ’ श्रेष्ठले भने ।

ध्यानको लागि चर्चित मिलारेपाको गुफा र गुम्बा जाने कच्ची बाटोमा जिप अनियन्त्रित भएर ५० मिटर तल खसेको थियो ।

  • १७ माघ २०८०, बुधबार १५:३५ प्रकाशित