आन्दोलनरत बारका पदाधिकारीसंग छलफल गर्दै प्रधानमन्त्री देउवा

केन्द्रभाग मिडिया

काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानन्यायाधिस चोलेन्द्र शम्शेर जवराको राजिनामा माग्दै एक महिनादेखि आन्दोलनरत नेपाल बार एसोसिएसनका पदाधिकारीलाई छलफलका लागि बोलाएका छन् ।

आज विहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवाले छलफलका लागि बोलाएको बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए ।

गत सोमबार बारले प्रधानन्यायाधीश जबरा पदमुक्त हुनुपर्ने १७ कारण उल्लेख गर्दै संघीय संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई बुझाएको धारणापत्र प्रधानमन्त्री देउवालाई पनि बुझाउने उनले बताए ।

उनले आफूहरुले समय माग गरेकाले प्रधानमन्त्री देउवाले बोलाएका जानकारी दिएका छन् । प्रधानमन्त्रीसँगको भेटमा प्रधानन्यायाधीश जबराको बहिर्गमन र नेपाल बारले अघि सारेको न्यायालय सुद्धिकरणको अवधारणाका विषयमा छलफल हुने अध्यक्ष श्रेष्ठले बताए ।

  • १० मंसिर २०७८, शुक्रबार ०७:३४ प्रकाशित