डोनाल्ड ट्रम्पले लेखिका ई जिन क्यारोललाई ८ करोड ३३ लाख डलर क्षतिपूर्ति तिर्नुपर्ने आदेश

केन्द्रभाग मिडिया

एजेन्सी

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले लेखिका ई जिन क्यारोललाई ८ करोड ३३ लाख डलर क्षतिपूर्ति तिर्नुपर्ने आदेश एक जुरीले दिएको छ ।

क्यारोलले सन् १९९० को दशकमा ट्रम्पले आफूलाई डिपार्टमेन्ट स्टोरमा यौन हिंसा गरेको बताएकी थिइन् । ट्रम्प राष्ट्रपति भएपछि उनले क्यारोलको मानहानि गरेको जुरीले ठहर गरेको छ।

यो जुरीले कति क्षतिपूर्ति तिराउने भनेर ठहर गर्नुपर्ने थियो । सात पुरुष र दुई महिला भएका जुरीले शुक्रबार दिउँसो फैसला सुनाएको हो ।

रिपब्लिकन पार्टीका तर्फबाट उम्मेदवार बन्ने अधिक सम्भावना रहेका ट्रम्पमाथि कयौँ आपराधिक अभियोग पनि छन्।

आदेशपछि ट्रम्पले यो हास्यास्पद भएको बताएका छन्। यसविरुद्ध पुनरावेदन गर्ने उनको भनाइ छ।

  • १३ माघ २०८०, शनिबार १६:३८ प्रकाशित