मस्को ।
रुसको विदेश मन्त्रालयले युक्रेनले सैन्य विमान खसालेको आरोप लगाएको छ । युक्रेनको सीमावर्ती बेल्गोरोड क्षेत्रमा रुसी सैन्य विमान इलुसिन–७६ दुर्घटनाग्रस्त भएको थियो ।
स्थानीय गभर्नर व्याचेस्लाभ ग्लाडकोभले विमान कोरोचान्स्की जिल्लामा दुर्घटनाग्रस्त भएको बताए। दुर्घटनास्थललाई घेराबन्दी गरी अनुसन्धान भइरहेको उनले जानकारी पनि दिए ।
उक्त विमानमा जम्मा ७४ जना सवार थिए र ती सबैको मृत्यु भएको थियो । सरकारी समाचार एजेन्सी टासका अनुसार विदेश मन्त्रालयले यसलाई ुक्रूरु भनेको छ।
विमानमा ६५ जना युक्रेनी युद्धबन्दी रहेको र उनीहरुलाई आदानप्रदानका लागि लगिएको बताए । उक्त विमानमा ६ जना चालक दलका सदस्य र तीन सहायक पनि थिए ।