टेलिकमका पूर्व प्रबन्धक र सुरक्षण मुद्रण केन्द्रका पूर्व कार्यकारी निर्देशक पक्राउ

केन्द्रभाग मिडिया

काठमाडौँ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका पूर्व प्रबन्धक निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेललाई पक्राउ गरेको छ ।

गैरकानुनी सम्पत्ति आर्जन गरेको उजुरी उपर विशेषमा मुद्दा चलाइएका पौडेलद्वयलाई आयोगले बयानका लागि पटक-पटक आउन ताकेता गर्दा पनि नआएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको बताइएको छ ।

पक्राउ परेका उनीहरूलाई भोली विशेष अदालतमा उपस्थित गराइने भएको छ ।

  • १० माघ २०८०, बुधबार १६:५५ प्रकाशित