वासिङ्टन ।
अमेरिका र बेलायतले यमनमा हुथी विद्रोहीको स्थानमा फेरि हवाई आक्रमण सुरु गरेका छन् । पेन्टागनले सोमबारको आक्रमणले आठवटा लक्ष्यलाई लक्षित गरेको बताएको छ जसमा भूमिगत भण्डारणका साथै हुथी विद्रोहीहरूको मिसाइल र निगरानी क्षमताहरू समावेश छन्।
इरान समर्थित हुथी विद्रोहीहरूले इजरायल र पश्चिमी देशहरूसँग जोडिएका लाल सागरमा रहेका जहाजहरूलाई निशाना बनाएका छन्। अमेरिका र बेलायतले ‘वस्तुको स्वतन्त्र आवतजावत’लाई जोगाउन प्रयास गरिरहेको बताएका छन्।
पेन्टागनले जारी गरेको संयुक्त विज्ञप्तिमा हुथी विद्रोहीहरू विरुद्ध नयाँ चरण सुरु गरिएको बताइएको छ।बेलायत र अमेरिकाबिचको दोस्रो संयुक्त अभियानमा यमनमा हुथी विद्रोहीमाथि आठौँ हवाई हमला हो । जनवरी ११ मा दुवै देशले पहिलो पटक हमला सुरु गरेका थिए । यस हवाई आक्रमणलाई अस्ट्रेलिया, बहराइन, क्यानडा र नेदरल्याण्डले समर्थन गरेको पनि उल्लेख गरिएको छ ।