गाजामा बुधबार रातभरको इजरायली आक्रमणमा ९३ जना मारिए

केन्द्रभाग मिडिया

गाजा पट्टी ।

इजरायली आक्रमणमा परी दर्जनौँ व्यक्तिको मृत्यु भएको गाजाको स्वास्थ्य मन्त्रालयले बिहीबार जनाएको छ ।

नयाँ मध्यस्थता सम्झौताअन्तर्गत प्यालेस्टिनी भूमिमा नयाँ सहायता प्रवेश गरेको र लडाकूहरूले बन्धक बनाएकाहरूको लागि औषधि आपूर्ति भएको समय यो नयाँ आक्रमण भएको मध्यस्थकर्ता कतारले जनाएको छ ।

दक्षिणी सहर राफाको एउटै घरमा भएको आक्रमणमा परी १६ जनासहित बुधबार रातभरको आक्रमणमा ९३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्यालेस्टिनी मन्त्रालयले भनेको छ, “एउटा घरमा भएको आक्रमणमा परी १६ जनाको मृत्यु भएको छ भने मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका रहेका छन् । घटनामा २० जना घाइते भएका छन् ।”

दक्षिणी सहर खान युनिस र मध्य गाजामा प्यालेस्टिनी शरणार्थी शिविरमासमेत दर्जनौँ आक्रमण भएको मन्त्रालयले जनाएको छ ।

  • ४ माघ २०८०, बिहीबार १६:५४ प्रकाशित