विदेशी मुद्रा किनबेच गर्दै हुनुहुन्छ? यस्तो छ आजको विदेशी विनिमय दर

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विभिन्न विदेशी मुद्राको खरिदबिक्री दर तोकेको छ।

यसअनुसार भारतीय मुद्रा स्थिर विनिमय दरअनुसार भारतीय रुपैयाँ १०० को १६० नेपाली रुपैयाँमा किन्न र १६० रुपैयाँ १५ पैसामा बिक्री गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

आज अमेरिकी डलरको खरिदबिक्री दर थोरै पैसाले बढेको छ ।आज बुधबारका लागि १ अमेरिकी डलरको खरिद दर नेपाली ११८ रुपैयाँ ७८ पैसा र बिक्री दर ११९ रुपैयाँ ३८ पैसा तोकेको छ। हिजो अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ७४ पैसा थियो भने बेच्नेदर ११९ रुपैयाँ ३४ पैसाँ थियो ।

आज युरो भने न्यून पैसाले घटेको छ ।  १ युरोको खरिद दर १३३ रुपैयाँ ७० पैसा र बिक्री दर १३४ रुपैयाँँ ३७ पैसा तोकेको छ। हिजो १ युरोको खरिददर १३३ रुपैयाँ ९९ पैसा र बेच्नेदर १३४ रुपैयाँ ६७ पैसा थियो ।

त्यसैगरी पाउन्ड स्टर्लिङ किन्न चाहनेले आज १ पाउन्ड बराबर १५८ रुपैयाँ ८२ पैसा तथा बेच्न चाहनेले १५९ रुपैयाँ ६२ पैसा खर्च गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ। हिजो पाउन्ड स्ट्रलिङ १ युनिट बराबर १५९ रुपैयाँ ५० पैसा खरिददर र बेच्नेदर ६० रुपैयाँ ३० पैसा थियो ।

यस्तो छ आजका लागि तोकिएको विनिमय दर

 

 

  • ८ मंसिर २०७८, बुधबार ०९:५२ प्रकाशित