काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव कुमार नेपाल पार्टी नभई व्यक्ति भएकाले महाधिवेशनमा निम्ता नदिएको बताएका छन् ।
ओलीले महाधिवेशनमा संस्था र पार्टीलाई बोलाएको तर व्यक्तिलाई नबोलाएको बताएका हुन् । उनले नेकपा एसका अध्यक्ष नेपाललाई इंगित गर्दै भने,‘ हामी संस्थालाई पार्टीलाई बोलाएका हौं। हामीले कुनै व्यक्तिलाई बोलाएका छैनौं,’
नेपालले अनुशासनहीन काम गरेको ओलीले बताए ।उनले भने,‘ नेपालले पार्टी फुटाउने काम गरेका छन्। हाम्रो पार्टीले गत साउन २५ गते उहाँलाई कारबाही गरेर निष्कासनसमेत गरिसकेको अवस्था छ। तसर्थ हाम्रो पार्टीबाट गएकाहरुलाई हामीले पार्टी मानेका छैनौं,’