राजनीतिक दललाई गुहार्दै कानुन व्यवसायी: आज कांग्रेससहितका तीन दललाई ध्यानाकर्षणपत्र बुझाउँदै

केन्द्रभाग मिडिया

File photo

काठमाडौं ।

प्रधानन्यायधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानुनव्यवसायीले राजनीतिक दलका नेतालाई गुहार्न थालेका छन् ।

झण्डै महिनादेखि आन्दोलनमा संघर्ष गरिरहेका कानुनव्यवसायी जबरालाई पदमुक्त गर्न माग गर्दै राजनीतिक पार्टीको दैलोमा पुग्न थालेका छन् । हिजोमात्र सभामुख अग्नि सापकोटालाई ज्ञापनपत्र बुझाएको नेपाल बार एसोसिएसनले आज काँग्रेससहितका तीन राजनीतिक दललाई ध्यानाकर्षणपत्र बुझाउदैँछ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आन्दोलनरत नेपाल बार एसोसिएसनले आज नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी तथा प्रतिपक्षी नेपाल मजदुर किसान पार्टीलाई ध्यानाकर्षणपत्र बुझाउन लागेको हो ।

बारले सोमबार नेकपा एमाले, माओवादी केन्द्र, जनता समावादी, राष्ट्रिय जनमोर्चा तथा सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई ध्यानाकर्षणपत्र बुझाएको थियो ।

  • ७ मंसिर २०७८, मंगलवार १०:११ प्रकाशित