कांग्रेस कास्की क्षेत्र नम्बर २ सभापतिमा निर्दोषी निर्वाचित

केन्द्रभाग मिडिया

पोखरा ।
नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर २ को सभापतिमा मा केशर प्रसाद निर्दोषी निर्वाचित भएका छन् । हिजो भएको निर्वाचनमा २४७ मत ल्याउँदै उनी सभापतिमा निर्वाचित भएका हुन् ।

सचिवमा देवकृष्ण पराजुली र महेन्द्र अधिकारी बिजयी भएका छन् । पराजुलीले २३० र पराजुलीले २३६ मत ल्याए ।

सहसचिवमा भावना श्रेष्ठ र विश्वराज अचार्य विजयी भएका छन् । खुला सदस्यमा कृष्णप्रसाद सिग्देल, तारा गिरी, शरदाराज चालिसे,समानुपातिक दलित तर्फ विष्णु सिग्देल निर्वाचित भएका छन् ।

 

  • ७ मंसिर २०७८, मंगलवार ०८:३९ प्रकाशित