पोखरा ।
पोखरामा राजावादीहरुले गणतन्त्र विरुद्ध नारा लगाउँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको पुत्ला दहन गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन कास्कीले विहीबार साँझ पृथ्वी चोक (लखन चोक) मा राँकोसहित पुत्ला दहन गरेको हो ।
उनीहरुले पर्यटन मन्त्री किराँतीको राजिनामा माग्दै गणतन्त्रको विपक्षमा र राजतन्त्रको पक्षमा नारा लगाएका थिए ।
बुधबार एक सार्वजनिक कार्यक्रममा मन्त्री किराँतीले विवास्पद अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिलाई लिएर मन्त्री किराँतीको देश व्यापी विरोध भइरहेको छ ।















