नियन्त्रणमा लिइएका ५५ ढुवानीका साधनलाई भ्याटबिल भेरिफाईका लागि पठाइयो

केन्द्रभाग मिडिया

पोखरा ।

कास्की प्रहरीले पोखराका विभिन्न ठाउँबाट नियन्त्रणमा लिएका ढुंगा, गिट्टी र बालुवासहितका ढुवानीका साधन पोखरा महानगरपालिकाले भ्याटबिल भेरिफाइ गर्न लगाएर छाडेको छ ।

नियन्त्रणमा लिइएका मध्य एउटा लाई कारबाही गरिएको र बाँकी ५५ वटालाई आन्तरिक राजश्व कार्यालयमा भ्याटबिल भेरिफाई गरेर मात्र छाड्न भनिएको पोखरा महानगरका सुचना अधिकारी कृष्ण तिवारीले जानकारी दिए ।

उनले आइन्दा अनुमति लिएका सबै कागेजात लिएर मात्र ढुवानी गर्न भनिएको समेत बताए । ‘प्रहरीले नियन्त्रण गरेर महानगरलाई बुझाएका मध्ये एउटाले विना अनुमति काम गरेको पाइयो । उक्त साधनको १५ हजार रुपैयाँ तिराएर अरुको भ्याटबिल आन्तरिक राजश्व कार्यालयमा भेरिफाई गरेर फर्जि भए पुन महानगरमा पेश गर्न र नभए छाड्न भनिएको छ’ उनले भने ।

कास्की प्रहरीले बुधबार दिउँसो पोखराको बगर, लेकसाइड, रामबजार र सिसुवाबाट गरेर ५६ वटा यस्ता ढुंगा, गिट्टी र बालुवा बोकेका सवारी साधन नियन्त्रणमा लिएको थियो ।

बगरबाट २०, बैदामबाट ५, सिसुवाबाट २३ र रामबजार बाट ८ वटा सामग्रीसहितका ट्रक, टिप्पर र ट्याक्टरसहितका साधन कास्की प्रहरीले नियन्त्रणमा लिएर महानगरलाई बुझाएको थियो ।

  • २६ मंसिर २०८०, मंगलवार १८:३८ प्रकाशित