पोखरा ।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका केही स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ ।
दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना छ ।
राति देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना छ ।