पोखरा ।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको । तराईका थोरै स्थानहरूमा हुस्सरकुहिरो लागेको छ।
दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू/भागमा आंशिक बदली रही देशका बाँकी भू/भागमा मौसम सामान्यतया सफा रहनेछ ।