काठमाडौं ।
तीन साता अघिदेखि आन्दोलनमा उत्रिएका कानुन व्यवसायी तथा सर्वोच्चका वकिलहरुले गृहमन्त्री बालकृष्ण खाँणको राजीनामा मागेका छन् ।
प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको राजिनामा माग गर्दे धर्ना दिइरहेका कानुन व्यवसायीले आफूहरुको आन्दोलनमा खलल पुग्ने गरि प्रहरी परिचालन गरेको भन्दै गृहमन्त्री खाँणको राजीनामा मागेका हुन् ।
कानुन व्यवसायीले सर्वोच्च परिसरमै धर्ना दिन थाले पछि बाक्लो मात्रामा प्रहरी खटाउन थालिएको छ । प्रर्दशनकारीले आफूहरुले शान्तिपूर्ण आन्दोलन गर्ने भन्दै प्रहरी हटाउन माग गर्दै आए पनि शसस्त्र प्रहरी दिनदिनै बाक्लो मात्रामा तैनाथ हुदैँ आएका छन् ।
प्रहरी र आन्दोलनरत वकिल तथा कानुनव्यवसायी बीच हरेक दिन धकेलाधकेल र सामान्य झडप समेत हुदैँ आइरहेको छ । यसअघिको धकेलाधकेलमा बारका अध्यक्षसहित केही कानुन व्यवसायी घाईते भएका र्थि ।
आजको प्रदर्शनमा कानुन व्यवसायीले ‘दंगा प्रहरी बाहिर जा’ भन्दै राजीनामा नाराबाजी गरेका थिए ।