जोमसोम ।
धौलागिरी आधार शिविरमा दुई दिनदेखि अलपत्र परेका पर्यटक र गाइडको उद्दार गरिएको छ । पदयात्रामा निस्केका उनीहरु बाँक्लो हिमपातको कारण बाटो पत्ता लगाउन नसक्दा अलपत्र परेका थिए ।
अलपत्र ८ विदेशीसहित १७ जना पर्यटक पथ प्रर्दशकको आइतबार बिहान हेलिकोप्टरबाट उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयको अनुसार बेल्जियमका ४ जना,स्पेनीस ४ जना र १७ जना नेपाली पथप्रदर्शक गाइडको उद्दार गरिएको हो ।उनीहरुलाई धौलागिरि आधार शिविरको हिडन भ्यालीबाट जोमसोम ल्याइ सकुशल हेलि उद्दार गरिएको हो ।
धौलागिरि आधार शिविर हिँड्न भ्यालीमा अलपत्र परेकामध्ये दुई समूहले ट्राभल एजेन्सीको समन्वय गरेका थिए भने अर्को एक समूह भने आफूखुसी बिना पथप्रदर्शकसहित धौलागिरि चर्किय पदयात्रामा निस्किएका थिए ।
जसमध्ये २ जना पुरुष र २ महिला गरी ४ जना बेल्जियम पर्यटक र दुईजना स्पेनीस पुरुष पर्यटकले ट्राभल एजेन्सीमार्फत त्यहाँ पुगेका थिए भने अर्को २ जना स्पेनीस पर्यटक बिना प्रथप्रदर्शक आधार शिविर पुगेका थिए ।
।