काठमाडौं ।
अमेरिकाका पूर्वविदेशमन्त्री हेनरी किसिन्जरको भएको छ । उनको १०० वर्षको उमेरमा निधन भएको हो । किंसिगर एसोसियट्सले एक वक्तव्य जारी गर्दै विश्वविख्यात कूटनीतिज्ञका रूपमा परिचित किसिन्जरको कनेक्टिकटस्थित निवासमा बुधबार निधन भएको जनाएको हो ।
रिचर्ड निक्सन र गेराल्ड फोर्ड राष्ट्रपति हुँदा उनले अमेरिकाको शीर्ष कूटनीतिज्ञ र राष्ट्रिय सुरक्षा सल्लाहकारका रूपमा सेवा गरेका थिए ।
जर्मनीमा जन्मिएका उनको अमेरिकाको कनेक्टिकटस्थित घरमै निधन भएको बीबीसीले लेखेको छ ।
किसिन्जरले सन् १९७३ मा नोबेल शान्ति पुरस्कारसमेत पाएका थिए । भियतनाम युद्ध रोक्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै स्विडिस एकेडेमीले किसिन्जर र भियतनामी कूटनीतिज्ञ ली डक थोलाई त्यस वर्ष संयुक्त रूपमा नोबेल शान्ति पुरस्कार दिएको थियो ।
कूटनीतिसम्बन्धी थुप्रै पुस्तक लेखेका किसिन्जरको पछिल्लो पटक अप्रिल २०२२ मा ‘लिडरसिप स् सिक्स स्टडिज इन वर्ल्ड स्ट्राटेजी’ पुस्तकसमेत प्रकाशित भएको थियो ।
आफ्नो दशक लामो करिअरमा किसिन्जरले अमेरिकी विदेश र सुरक्षा नीतिमा महत्त्वपूर्ण र कहिलेकाहीँ विवादास्पद भूमिका पनि खेलेका थिए ।