कोप २८ मा सहभागी हुन प्रधानमन्त्री बुधबार यूएई जाने

केन्द्रभाग मिडिया

काठमाडौं ।

जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप २८ मा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधबार यूएई जाने भएका छन् ।

कोप २८ मंसिर १४ देखि २६ सम्म यूएईको दुबईमा हुने तय भएको छ । सम्मेलनमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड बुधबार जाने छन् ।

भ्रमण टोलीमा प्रधानमन्त्री पुत्री गंगा दाहाल, वन तथा वातावरणमन्त्री वीरेन्द्र महतोका साथै उच्च सरकारी अधिकारीहरु छन् ।

प्रधानमन्त्री प्रचण्डले १६ गते शनिबार सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यही दिन प्रधानमन्त्रीले पर्वतीय देशहरुको एजेण्डा उठाउन ‘हिमालको पुकार : जलवायु संकटबाट हामीलाई कसले बचाउने छ ?’ कार्यक्रम आयोजना गर्ने छन् ।

  • ११ मंसिर २०८०, सोमबार १६:५१ प्रकाशित