२०२२ देखि कामदार लादैँ जापान सरकार : कामदार अनिश्चित समयका लागि बस्न पाउने

केन्द्रभाग मिडिया

काठमाडौं ।

जापानले २०२२ देखि विदेशी कामदार लैजाने भएको छ ।

कोभिड महामारीले आप्रवासीलाई लामो समयदेखि बन्द रहेको जापानले सन् २०२२ देखि निर्माण र कृषि क्षेत्रका कामदार लैजाने भएका हुन् । जापानी सरकारले जापान बस्न पाउने यसअघिको पाँचवर्षे सीमा हटाउने भएको छ ।

अब जाने कामदारहरु अनिश्चित समयका लागि जापान बस्न पाउने भएका छन् । कोरोना महामारीको कारण अन्तर्राष्ट्रिय सीमा बन्द हुँदा जापानमा कामदारको अभाव चुलिएको छ ।

त्यहाँको कानून मन्त्रालयले बिहीवार सो घोषणा गरेको रोयटर्सले जनाएको छ । सन् २०१९ देखि लागू भएको विशेष सीप भएका कामदारको कानून अन्तर्गत कृषि, नर्सिङ र सरसफाइ क्षेत्रका कामदार पाँचवर्ष मात्र बस्न पाउने प्रावधान थियो र परिवार लैजान पनि अनुमति थिएन ।

जापान सरकारले अन्य क्षेत्रमा गरेका यस्तो खाले कडाइलाई पनि खुकुलो बनाउने संकेत दिएको छ ।

  • ३ मंसिर २०७८, शुक्रबार १४:०७ प्रकाशित