आजदेखि देउसी भैली खेल्न सुरु : कास्कीमा राति ९ बजेपछि भैली खेल्न नपाइने

केन्द्रभाग मिडिया

पोखरा ।

नेपालीहरूको दोस्रो ठूलो पर्व दीपावलीका अवसरमा आज देखि देउसी भैलो खेल्न सुरु हुदैँछ । कास्कीमा आजदेखि खेलिने देउसी–भैलो राति ९ बजे पछि खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले सुचना जारी गर्दै राती ९ बजेपछि भैली खेल्न नपाइने जानकारी गराएको छ ।

सूचनामा भनिएको, ‘जिल्ला प्रशासन कार्यालय, कास्कीको निर्णय अनुसार कास्की जिल्लामा आयोजना हुने देउसी भैलो कार्यक्रमलाई मर्यादित, अनुशासित एवम् सवारी साधन आवागनमा अवरोध नहुने गरी रातको ९ः०० बजेसम्म सञ्चालन गर्नुहुन अनुरोध छ।’
काठमाडौंमा भने राती १ बजे सम्म भैली खेल्न दिने महानगरले बताएको छ ।

  • २६ कार्तिक २०८०, आईतवार ०९:३० प्रकाशित