८ डीएसपी एसपीमा बढुवाका लागि सिफारिस

केन्द्रभाग मिडिया

काठमाडौं ।

८ डीएसपी एसपीमा बढुवाका लागि सिफारिस भएका छन् ।

प्रहरी प्रधान कार्यालयले आठजना नायब उपरीक्षक (डीएसपी)लाई उपरीक्षक (एसपी) मा बढुवाका लागि सिफारिस गरेको हो । प्रहरी प्रधान कार्यालयमा बिहीवार बसेको बढुवा समितिको बैठकले थप ८ जना डीएसपीलाई एसपीमा बढुवा गरेको हो ।

बढुवा सिफारिस हुनेहरुमा डीएसपीहरू जनक बहादुर शाही, रामेश्वर कार्की, चक्रराज जोशी, अर्जुनप्रसाद तिमिल्सिना, रामहरि पाण्डे, लक्ष्मीराज अधिकारी, रमेश पण्डित र अर्जुन रानाभाट रहेका छन् । प्रहरी नियमावलीअनुसार उनीहरुविरुद्ध उजुरबाजुर नपरे उनीहरुको स्वतः बढुवा हुनेछ ।

  • ३ मंसिर २०७८, शुक्रबार १०:०२ प्रकाशित