देशभर ६ संक्रमितको मृत्यु : ११ हजार परीक्षणमा २९९ जनामा संक्रमण

केन्द्रभाग मिडिया

काठमाडौं ।

पछिल्लो २४ घण्टामा देशभर ६ संक्रमितले ज्यान गुमाएका छन् ।

देशका विभिन्न हस्पिटलमा उपचाररत तथा होमआइसोलेसनमा रहेका गरि उक्त संख्यामा संक्रमितको मृत्यु भएको हो । यो सँगै हाल सम्म देशभर कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ११ हजार ४८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै सोही समयमा देशभर २९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।मन्त्रालयका अनुसार ७ हजार ८६३ पीसीआर परीक्षण गर्दा २७२ जना र ३ हजार २८८ जनाको एन्टिजेन परीक्षण गर्दा २७ जना गरी २९९ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या २६० रहेको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ७ हजार ६४२ रहेको छ ।

बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १३ हजार ५५७ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या भने ७ लाख ९९ हजार १७६ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल ७ हजार १६९ जना होम आइसोलेसनमा रहेका छन् भने ४७३ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २२४ जना आईसीयू र ६० जना भेन्टिलेटरमा उपचाररत् छन् ।

  • २ मंसिर २०७८, बिहीबार १७:०९ प्रकाशित