गण्डकी अपडेट : २ संक्रमितको मृत्यु, हाल २८१ सक्रिय संक्रमित

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेशमा पछिल्लो अपडेट अनुसार २ संक्रमितको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा स्याङ्जा पुतलीबजार नगरपालिका ४ का ६४ वर्षीय संक्रमित पुरुष र मुस्ताङ थासाङ गाउँपालिका २ का ९१ वर्षीय वृद्ध रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

स्याङ्जाका संक्रमितको मणिपाल शिक्षण अस्पताल र मुस्ताङका संक्रमितको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचारको क्रममा ज्यान गएको हो ।यो सँगै प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ४०७ पुगेको निर्देशनालयले जनाएको छ ।
यस्तै प्रदेशमा २२३ नमुना परीक्षण गर्दा १८ जना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । सोही अवधिमा २७ जना निको भएका छन् ।

संक्रमित हुनेमा मुस्ताङका १, लमजुङका ३, तनहुँका ३,कास्कीका ८, स्याङ्जा १ र नवलपरासीका २ जना रहेका छन् । ९ महिला र ९ पुरुष गरि १८ जनामा संक्रमण देखिएको हो ।

योसँगै प्रदेशमा कोरोनाबाट संक्रमित हुनेहरुको संख्या ८७ हजार ७४३ पुगेको छ जसमध्ये ८६ हजार ५५ जना निको भएका छन् ।
हाल प्रदेशमा २८१ जना सक्रिय संक्रमित रहेक छन् । जसमध्ये २३७ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

  • २ मंसिर २०७८, बिहीबार १६:५३ प्रकाशित